देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिसो बढ्नसक्ने भन्दै सचेत रहन विज्ञहरुको आग्रह

देशान्तर

काठमाडौँ  – नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै शतर्क रहन विज्ञशरुले सचेत गराएका छन् ।

पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरुले सचेत गराएका हुन् ।

पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारुरुपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरुले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनैतिक तयारी थाल्नुपर्ने बताए । उनले भारतमा हरेक वर्षमा ४ वटा चक्रवातहरु आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकोले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणवद्ध तयारी थाल्नुपर्ने बताएका छन् । मास्कले कोरोनाका साथसाथै वायु प्रदूषणबाट पनि बचाउने भएको भन्दै उहाँले अहिले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरे । वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकोले सो समयमा घरबाहिर ननिस्किन आग्रह गर्दै उहाँले अत्याधिक वायुप्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिती आउनसक्ने तर्फ सरोकारवालाहरुलाई सचेत गराए । डा. उप्रेतीले धेरै प्रदूषण गराइरहेका उद्योगधन्दा आलोपालो गरेर चलाउने, धेरै प्रदूषण गराउने सवारीसधानहरु बन्द गर्ने लगायतका काम गरेमा प्रदूषणबाट बच्न सकिने बताए । डा. उप्रेतीले राष्ट्रिय आपत्कालीन केन्द्रले आउँदै गरेको जोखिमलाई मध्यनजर गरी त्यसबारेमा आम नागरिकहरुलाई सचेत गराउन आवश्यक रहेको बताएका छन् । उनले वायुप्रदूषणलाई बेवास्ता गरेमा यसले मृत्युदर बढाउने चेतावनी समेत दिनुभयो । वायुप्रदूषणजन्य विपद्बाट बच्न बहुप्रकोपीय उपाय अपनाउन पनि उनले आग्रह गरे ।

जलवायु विज्ञ डा.उप्रेतीले भन्नुभयो, ‘भारतमा प्रत्येक वर्ष ४ वटा तुफान आउने गर्छ, भारतमा आएको तुफानले नेपालमा असर जहिल्यै पनि परिरहेको अवस्था हुन्छ, पश्चिमी वायुको प्रकोप नेपालमा जहिल्यै देखिन्छ, त्यसको अर्थ के हो भने मरुभूमिबाट आउने हावा भएको हुनाले यसमा पानीको मात्रा कम हुन्छ, धुलोको मात्रा बढी हुन्छ, यो उच्च हिमाली क्षेत्रमा धेरै असरदार साबित हुन्छ, काठमाडौं जस्तो उपत्यकामा हावाले ठेल्न सक्दैन, जसकारण असर धेरै समयसम्म रहिरहन्छ । यसले मानिसको स्वास्थ्यमा धेरै असर गर्दछ । वायुप्रदूषण बढेमा एक नम्बरमा के गर्ने, दुई नम्बरमा के गर्ने भन्ने सोच्नुपर्छ । विद्यालयहरु बन्द गर्नुपर्ने हुनसक्छ, चलिरहेका उदोगधन्दाहरु आलोपालोमा सञ्चालन गर्नुपर्ने हुनसक्छ, सडकमा चल्ने, एकदमै प्रदूषण गर्ने त्यसलाई पनि हटाउनु पर्ने हुनसक्छ । धेरै नै प्रदूषण भयो भने जस्तो भारतले हार्ड मेजर अपनाएको छ, त्यस्तोमा पनि जानुपर्ने हुनसक्छ ।’