देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोभिड उपचारमा प्लाज्मा थेरापी प्रयोग नगर्न डब्ल्यूएचओको सुझाव

देशान्तर

काठमाडौं – विश्व स्वास्थ्य संगठनले कोभिड- १९ बाट संक्रमित मानिसको उपचारका क्रममा निको भएका संक्रमितको ‘ब्लड प्लाज्मा’ प्रयोग नगर्न सुझाव दिएको छ।

संक्रमितको अवस्थामा सुधार नदेखिएको र भेन्टिलेटरको आवश्यकता पनि नघट्नेका कारण विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले कोभिड-१९ मुक्त व्यक्तिको ब्लड प्लाज्मा प्रयोग नगर्न सुझाव दिएको टीआरटी वर्ल्डले जनाएको हो ।

विद्यमान तथ्यले संक्रमणमुक्त व्यक्तिको ब्लड प्लाज्माबाट बिरामीको अवस्थामा सुधार नहुने र भेन्टिलेटरमा राख्नु पर्ने देखाएको डब्ल्यूएचओको भनाइ छ । त्यस्तै, डब्ल्यूएचओले सोमबार एक विज्ञप्ति जारी गर्दै ब्लड प्लाज्मा उपचार विधिमा धेरै समय लाग्ने समेत बताएको छ ।

डब्ल्यूएचओका अनुसार अन्तर्राष्ट्रिय विज्ञको एक प्यानलले सामान्य तथा गम्भीर दुवै खाले कोभिड संक्रमितको उपचारमा ब्लड प्लाज्मा प्रयोग नगर्ने सुझाव दिएका छन् । सामान्य, गम्भीर र अति गम्भीर झण्डै १६ हजार २३६ कोभिड संक्रमितमा १६ पटक गरिएको परीक्षणपछि विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

प्लाज्मामा हुने एन्टिबडीले नयाँ कोरोना भाइरससँग लड्न सक्ने, भाइरसको उत्परिवर्तन र कोषमा हुने क्षति रोक्ने अनुमानका आधारमा कोभिड-१९ का संक्रमितको उपचारमा यसको प्रयोग हुँदै आएको छ ।