देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ज्वाइँद्धारा सासुको हत्या, घटना लगत्तै पक्राउ

देशान्तर

महोत्तरी – आफ्नै सासुको हत्या गरेको आरोपमा महोत्तरीबाट एक जना पक्राउ परेका छन् । ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका(७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जगतारन र तेत्रीबीच घरायसी विवादमा झगडा हुँदा तेत्रीले कुटपिट गरेपछि जगतारनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।