देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१५ लाख मोडर्ना खोप आइपुग्यो, १९ लाख ६६ हजार डोज आइतबार आउने

देशान्तर

काठमाडौं – कोभिड-१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ। कतार एयरको जहाजमार्फत दिउँसो ३ बजे उक्त खोप नेपाल आइपुगेको हो। स्वास्थ्य सेवा विभागका अनुसार गाभी र कोभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आज आएको हो।

साथै, आगामी आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप आउने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए। यससँगै नेपाल भित्रने मोडर्ना खोपको कूल संख्या ३६ हजार ५१ हजार ६०० डोज पुग्नेछ। यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप आएको थियो।

यस्तै, कोभिशिल्डको ६ लाख डोज हिजो आइपुगेको थापाले जानकारी दिए। कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यसका लागि विद्यालयमा खोप केन्द्रहरु राखि खोप अभियान सञ्चालन गरिने तयारी गरिएको छ।