देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मास हिस्टेरियाका कारण छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

देशान्तर


काठमाडौं-जाजरकोट सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरू पठनपाठनको समयमा दिनदिनै बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ ।

केही दिनयता कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरू पठनपाठनकै समयमा बेहोस हुने, चिच्याउने, कराउने, रुनेलगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।

बिहीबार १० जनाभन्दा धेरै छात्राहरूमा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले बताए ।

केहीबेर बेहोस हुने कराउने गरेपछि आफैँ ठिक हुने गरेको उनले बताए ।

केही समयपछि फेरि अरु छात्रालाई समेत यस्तो समस्या देखिएपछि बिहीबार मध्यान्तरपछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

जिल्ला अस्पतालका चिकित्सकले त्रिभुवन माविका छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएको बताएका छन् ।

डा. समीक्षा मल्लले छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएकोले केही दिन विद्यालय बन्द गरेर सम्पर्कविच्छेद गरे विस्तारै समस्या आफैँ समाधान हुने बताउँछिन ।