देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नाबालकसहित चार जनालाई भारतबाट उद्धार

देशान्तर

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ । झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीको प्रहरीले उद्धार गरेको हो ।

दुई वर्षदेखि खोजतलास गर्दै जाने क्रममा निजहरू भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइदिने भनी झुक्याइ प्रलोभनमा पारेर बेचबिखनमा परेको थाहा पाएपछि प्रहरीले उद्धार गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले माइती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्टस्सँग समन्वय गरी चारै जनालाई उक्त स्थानबाट उद्धार गरी ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।

उक्त मानव बेचबिखन कसुरमा सलंग्न व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।