देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कास्कीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

देशान्तर

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिंदा दुई जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम÷ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुषको मृत्यु भएको हो ।

दुवै जनाको अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजेर ५५ मिनेटमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।