देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हरिवनको इलेक्ट्रोनिक्स पसलमा आगलागी : एक करोडको क्षति

देशान्तर

जनकपुरधाम –सर्लाहीको हरिवनस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।

हरिवन नगरपालिका- ११ मा बिक्रम नेपालले संचालन गरेको नेपाल इलेक्ट्रोनिक्स शनिबार शुक्रबार राति साढे एक बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीले पसलमा बिक्रीका लागि राखिएको टेलिभिजन, फ्रिसहितका सामान र पसल बाहिर पार्किङ गरी राखिएको ज। २ प। ९५७६ नम्बरको मोटरसाइकल समेत पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट एक करोड बराबरको क्षति भएको छ ।

नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राति साढे २ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।