देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, चालकको मृत्यु

देशान्तर

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी – ४ मा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

बा २ ख ५६१४ नम्बरको बस दुर्घटना शनिबार राति नौ बजे दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बलेफी – ५ का सन्तोष भूजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै थियो ।