देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अछाममा १६ वर्षीया किशोरीको हत्यामा संलग्न आरोपमा ४ पक्राउ

देशान्तर


काठमाडौं-अछाममा १६ वर्षीय किशोरीको हत्या आरोपमा संलग्न भनिएका ४ जना पक्राउ परेका छन् ।
मंगलसैन नगरपालिका-११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शुक्रबार खरतोला भन्ने ठाउँमा मृत फेला परेकी थिइन् । उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी थिइन् ।
मृतक किशोरीका आफन्तले हत्या गरेको भन्दै चार जनाविरूद्ध जाहेरी दर्ता गरेका थिए।
किटानी जाहेरीको आधारमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको छ । उनलाई बलात्कार पछि हत्या गरिएको वा हत्या मात्र गरिएको भन्ने खुल्न सकेको छैन ।