देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एपीएफले थ्रीस्टारसँग अंक खोस्यो

देशान्तर

सहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफले पहिलो अंक जोडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरे क्लब थ्रीस्टारलाई गोलरहित बराबरीमा रोक्दै एपीएफले पहिलो अंक लिएको हो ।

पहिलो र दोस्रो हाफमा दुवै टिम गोल गर्न असफल रहे । आजको नतिजाले थ्रीस्टार भने शीर्ष पाँचमा पुगेको छ ।

थ्री स्टारले ४ खेलबाट ५ अंक जोड्दा एपीएफले समान खेलबाट १ अंक जोडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुबै टीमले गोलका प्रयास गरेपनि सफल हुन सकेनन्।

सुरूवातबाटै थ्री स्टारले केहि गोलका मौका पाएपनि अन्तिम सम्म सफल हुन सकेन। पहिलो हाफको अन्तिम मिनेटमा अन्नत तामाङले गोलको सुन्दर मौका चुकाउँदा थ्रीस्टार संभावित अग्रताबाट चुक्यो । ४९ औं मिनेटमा एपीएफका कप्तान नविनले प्रहार गरेको बल आशिष लामाले फिनिस गर्न सकेनन् ।

८९ औं मिनेटमा आशिषले गरेको प्रहार थ्रीस्टारका विदेशी किपर प्रिसोले विफल गरेका थिए । यो खेलसँगै ए डिभिजन लिग अन्तर्गत चौथो चरणका खेलहरु सकिएका छन् । चौथो चरणको खेल सकिँदा मच्छिन्द्र क्लब १० अंकसहित शीर्ष स्थानमा रहँदा मनाङ मस्र्याङ्दी क्लब पनि समान १० अंकसहित दोस्रो स्थानमा छ ।