देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अभियानकै अवधिमा २८ महिला तथा बालिका पीडितः इन्सेक

देशान्तर


काठमाडौं- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिमा नै २८ जना महिला तथा बालिका पीडित भएको जनाएको उल्लेख गरेको छ।

‘घरैबाट सुरू गरौँ’, महिलाहिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यस वर्ष सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिएको यो अवधिमा उक्त घटना भएको इन्सेकको प्रतिवेदनमा छ।

प्रतिवेदनमा १६ दिनको अवधिमा सुदूरपश्चिमबाहेकका छ वटा प्रदेशमा २८ जना महिला तथा बालिका पीडित भएको र बागमती प्रदेशमा सात, कणर्ाली प्रदेशमा छ, लुम्बिनी र प्रदेश २ मा पाँच/पाँच, प्रदेश-१ मा तीन र गण्डकी प्रदेशमा दुई जना पीडित भएका छन्।

यो अवधिमा पत्नी हत्याका दुई र आमाको हत्या एउटा घटना भएको छ। १६ दिनको अवधिमा १८ जना बालिका र १० जना महिला पीडित भएको प्रतिवेदनमा छ।

प्रतिवेदनमा कानुन कार्यान्वयनका सवालमा पीडित केन्द्रित र महिलामैत्री वातावरणको निर्माण गर्नुपर्नेलगायत १३ बुँदे सुझाव पनि समेटिएको छ।

महिला तथा तेस्रो लिङ्गीलाई सकारात्मक विभेदको नीति अवलम्बन गरी तीनै तहका सरकारले राज्यको मूलधारमा ल्याउनुपर्ने र यस्तो नीति राजनीतिक दलहरूले पनि अपनाउनुपर्ने उल्लेख छ।