
काठमाडौं- युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्काले कोषको स्रोत र साधनले भ्याएसम्म बेरोजगार युवालाई उद्यमी बनाउने बताए ।
कार्यकारी उपाध्यक्ष रोक्कालाई सर्वोच्च अदालतले कोषमा नै काम गर्र्ने गरी अन्तरिम आदेश दिएसँगै सोमबार कार्यभार सम्हाल्दै यस्तो बताएका हुन् । उपाध्यक्ष रोक्काले सरकारले राजनीतिक पूर्वाग्रह राखेर हटाएरको भए पनि सर्वोच्च अदालतले न्याए दिएको बताए । उनले वेरोजगार युवालाई स्वरोजगार बनाउने काम देखि तर्सिएर आफूलाई हटाएको बताए ।
उपाध्यक्ष रोक्काले भन्ने, ‘केपी शर्मा ओली सरकारले कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेपछि धेरै काम भएका थिए । एक वर्षको अवधिमा कोरोना महामारीको कारण लकडाउन हुँदा धेरै काम भएनन्। तर,चार महिनाको बीचमा धेरै काम भएका थिए । स्वरोजगार कोषले मुलुकमा भएका वेरोजगार युवालाई स्वरोजगार र उद्यमी बनाउने साथै उद्यमशिल्ताको काम सिकाउने काम गरौं । ७० जिल्लामा स्वरोेजगार कोषको संरचना बनायौं । यसरी धेरै युवा उद्यमी बनेकाले यस्तो लोकप्रियता देखेर वर्तमान सरकारल राजनीतीका पुर्वग्राह राखेर कोषबाट हटाएको थियो । तर, सर्वोच्च अदालतले मलाई न्याय दिएको छ । अब स्वरोजगार कोषले पहिला जुन गतिमा काम अगाडि बढाएको थियो । त्यो भन्दा अझ गतिशिताका साथ अगाडि बढेर काम गर्ने छ। कोषले आफूसँग भएको सम्पूणर् स्रोत र साधनको भरपुर प्रयोग गरेर वेरोजगार युवालाई उद्यमी बनाउन अग्रसर हुन्छ ।’
कार्यकारी उपाध्यक्ष रोक्काले वर्तमान सरकारप्रति कुनै गुनासो नरहेको समेत बताए । उनले काम गर्ने मान्छेलाई जुनसुकै पार्टीको सरकार आए पनि फरक नपर्ने बताए । डा. रोक्कालाई केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ भदौ १५ गते नियुक्त गरेको थियो । तर, ओली सरकार ढलेसँगै वर्तमान देउवा सरकारले २०७८ कात्तिक ७ गते कोषबाट हटाएको थियो । वर्तमान सरकारले आफू माथि अन्याय भएको भन्दै रोक्काले सर्वोच्च गएका थिए ।





प्रतिक्रिया