देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक किलो ३११ ग्राम सुनसहित पाँच बंगलादेशी नागरिक पक्राउ

देशान्तर

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुनको विस्कुट आकारको वस्तु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन् ।

पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै मंगलबार बङ्गलादेश जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोला परीक्षण गर्दा उक्त धातु फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।