देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

करिब २२ लाख जोन्सन एन्ड जोन्सन खोप नेपाल आइपुग्यो

देशान्तर

काठमाडौं – कोरोना विरुद्धको २१ लाख ७६ हजार ६ सय ५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आइपुगेको छ।

स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाका अनुसार बिहीबार ११:० बजे कतार यअरलाइन्सबाट यो खोप आइपुगेको हो।

यो खोप नेपाललाई कोभ्याक्स सुविधामार्फत जर्मनीले ४१ लाख ४२ हजार २ सय ५० डोज खोप सहयोग गरेको हो । जोन्सन एण्ड जोन्सन र मोर्डना गरेर जर्मन सरकारले करिब साढे ४१ लाख डोज खोप सहयोग गरेको हो।

जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत मोडर्ना १९ लाख ६५ हजार ६ सय मोडर्ना अस्ति आइतबार आइसकेको छ। त्यस्तै, २१ लाख ७६ हजार जोन्सन एण्ड जोन्सनको खोप आज आइपुगेको हो। यसअघि अमेरिकाले कोभ्याक्स मार्फत १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।
जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्‍नेछ।