
काठमाडौं-पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-१० लालगढमा बिहिबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४९ प ६८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका-७ निवासी २७ वर्षीय विकास विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । नियन्त्रणमा लिइएका व्यक्ति बाँकेको कोहलपुर नगरपालिका १२ निवासी सिताराम पाण्डे रहेका छन् ।





प्रतिक्रिया