देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पासोमा परेको चितुवाको उद्धार

देशान्तर

पाल्पा । तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो ।

चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धारगृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताए । चितुवाको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट फलामको पासो एक थानसमेत बरामद भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

निमित्त डिभिजनल वन अधिकृत संयोग बस्नेतको कमाण्डमा खटिएको टोलीले जोखिमपूर्ण अवस्थामा पोथी बयस्क चितुवाको उद्धार गरिएको पाल्पाका रेन्जर पोखरेलले बताए । उद्धारकार्यमा सहायक वन अधिकृत सिद्धान्त बराल र सवारी चालक लक्ष्मण घिमिरेले चितुवाको उद्धारकार्यको नेतृत्व गरेका थिए ।

प्रहरी चौकी प्रभास तानसेन–८ का वडाध्यक्ष रामप्रसाद घिमिरे, स्थानीय बासिन्दा केशव कार्की, सन्तोष राना, रुपेश रोका, विक्रम श्रेष्ठ, लोकबहादुर चिदी, सन्दीप विष्ट, रोशन रानालगायतको सक्रियताले उद्धारकार्य सफल भएको थियो ।
चितुवा नजिकै फलामको पासो भेटिएपछि वन कार्यालय निगरानी थालेको छ । उद्धार गरिएको चितुवालाई रुपन्देही जिल्लाको शङ्कनगरको बाटिकामा लगिने तयारी भइरहेको वन कार्यालय जनाएको छ ।