देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकै परिवारका तीनजनाको मृत्युपछि गाउँ नै शोकमा

देशान्तर

सप्तरी– दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका बासिन्दा शोकमा डुबेका छन्।

बिहीबार दिउँसो मोटरसाइकलमा सबार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो। मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव छन्।

यी तीनसहित चार जना प्रदेश २-०१-००२प २६८२ नम्बरको मोटरसाइकलमा सबार भएर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए । उनका अनुसार तीन जनाको मृत्यु भएको र १ जना बच्चा घाइते भएका छन्।

एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको वडा अध्यक्ष बिरेन्द्र गोइतले बताए। ‘अहिले उनको परिवारमा रुवाबासी चलेको छ । गाउँ शोकमा डुबेका छन्’ उनले भने।

मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको र एकै पटक तीनजनाको संस्कार गरिने स्थानीयले बताएका छन्।