देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्याक्सी चालकमाथि खुकुरी प्रहार

देशान्तर

काठमाडौं । काठमाडौँको स्वयम्भुस्थित छाउनीमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार भएको छ ।

प्रहरीले खुकुरी प्रहार गरेका बाराको कलैया बस्ने १९ वर्षीय विकास सराबलाई पक्राउ पनि गरेको छ ।

उनको चक्कु प्रहारबाट बा १ ज १४४६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपलिका–२ घर भई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामा घाइते भएका छन् ।

उहाँको घाँटीमा चोट लागेको छ । सोही ट्याक्सीमा सवार सराबले के कारणले घटना घटाएका हुन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।