देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुरमा ढलमा भेटियो भरूवा बन्दुक

देशान्तर


भक्तपुरमा भरूवा बन्दुक फेला परेको छ ।
काठमाडौं-चाँगुनारायण नगरपालिका वडा नम्बर ६ पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडकमार्गमा बन्दुक फेला परेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बन्दुक फेला परेको जानकारी दिए ।
उनका अनुसार शनिबार बिहान ९ बजे पानी बग्ने ह्युम पाइपभित्र बन्दुक फेला परेको हो ।
‘बेवारिसे अवस्थामा बन्दुक फेला परेको हो । लोड भएको थिएन,’ पाण्डेले भने,‘कसको हुन सक्छ भनेर हामीले अनुसन्धान गर्दैछौं ।’
बन्दुक फेला परेको भन्ने खबर पाएपछि परिसर भक्तपुरबाट प्रहरीको टोली खटिएको थियो । सो टोलीले थप अनुसन्धान अघि बढाएको छ।