देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पिएम कपमा लुम्बिनीको लगातार दोस्रो जित

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनायो।

फाप्ला मैदानको आउटफिल्ड गिलो हुँदा ६ ओभरमा झारिएको खेलमा लुम्बिनीले सहज जित हासिल गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाएर १७ रन मात्र बनायो।

जवाफमा उक्त लक्ष्य लुम्बिनीले ३।१ ओभरमा नै बिनाविकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि लक्ष्मी चौधरी १२ रनमा अविजित रहँदा नेरी थापा ५ रन बनाएर क्रिजमा रहिन्।

त्यसअघि पहिलो ब्याटिङ गरेको कर्णालीका लागि आयुषा टण्डन र दीक्षा पुरीको ७(७ रन सर्वाधिक रह्यो। कर्णालीका कुनै पनि ब्याटरको प्रदर्शन गतिलो रहेन।

जितसँगै लुम्बिनीले दुई खेलमा चार अंक बनाउँदै समूह एको शीर्ष स्थानमा रहेको छ।