देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित, ३ जनाको मृत्यु

देशान्तर

काठमाडौं– देशभर ५ हजार २४२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको अध्यावधिक तथ्यांक अनुसार देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९० संक्रमित थपिँदा २३२ जना निको भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २६ हजार २०६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार २१ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार ३८७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५७७ जना पुगेको छ।