काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७८र७९ को पहिलो चार महिनामा १० उद्योगहरूलाई विद्युत् आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । सात वटा उद्योगहरूलाई करिब १११ मेगावाट विद्युत् उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन९जीआइएस० गरिएको छ ।
साथै, ५ वटा उद्योगहरूले माग गरेको करिब ९८.८ मेगावाटको जीआइएसको प्रक्रियामा रहेको छ । लोड स्वीकृत, जीआइएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगहरूमा थप करिब ३६० मेगावाट विद्युत् खपत हुने देखिएको छ । थप विद्युत्को माग गर्नेमा अधिकांश स्टील र सिमेन्ट उद्योगहरू छन् ।
जीआइएसमार्फत लोड स्वीकृत गर्नुभन्दा पहिला उद्योग रहेको क्षेत्रमा रहेको प्रसारण तथा प्रणाली सञ्जालको क्षमताले माग बमोजिम विद्युत् उपलब्ध गराउन सकिनेरनसकिने अवस्थाको निर्क्यौल गरिन्छ । जीआइएस सकिएपछि लोड दिन सक्ने अवस्था भएमा प्राधिकरण र सम्बन्धित उद्योगबीच ग्रिड कनेक्सन सम्झौता भई लोड दिइन्छ ।





प्रतिक्रिया