देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘९० बर्ष माथीका र अशक्त नागरिकलाई घरमै बृद्धभत्ता’

देशान्तर

काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले ९० बर्ष भन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घर घरमै बृद्धभत्ता पु¥याउने व्यवस्था मिलाउने बताईन् ।

संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्गतको अन्तरास्ट्रिय सम्वन्ध समितिले बिहिबार गरेको सम्मान कार्यक्रममा बोल्नु हुदै मन्त्री रेग्मीले जेष्ठ नागरिकको सुविधाको लागि मन्त्रालयले घरमै भत्ता बुझ्ने व्यवस्था मिलाउने बताईन् ।

९० बर्ष माथीका र अशक्त नागरिक भत्ताका लागि बैँकसम्म धाउन निकै सास्ती खेप्नुपर्ने भएकाले पनि घरमै बृद्धभत्ता पाउने व्यवस्था मिलाउनु आजको आवश्यकता भएको उनको भनाई थियो ।

मन्त्री रेग्मीले महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि (CEDAW) मा मात्रै निर्भर नेपालले हस्ताक्षर गरेकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा बिशेष कानुन निर्माण गरि विश्वको ध्यान आकर्षित गर्न प्रयत्न गर्ने समेत बताईन् ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तरास्ट्रिय सम्वन्ध समितिका सभापति पवित्रा निरौला र समितिका सदस्यहरुले मन्त्री रेग्मीलाई सफल कार्यकालको शुभकामना दिदै सम्मान गरेको हो ।


के हो ? (CEDAW)
Committee on the Elimination of Discrimination against Women अर्थात सन् १९७९ मा संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको अन्तर्राष्ट्रिय सन्धि हो । महिला अधिकारको अन्तर्राष्ट्रिय बिलको रुपमा वर्णन गरिएको यो सन्धि सन् १९८१ को सेप्टेम्बर ३ मा स्थापना भएको हो । यो सन्धिलाई हालसम्म १८९ राज्य द्वारा अनुमोदन गरिएको छ ।

महिला अधिकारको अन्तर्राष्ट्रिय विद्येयकको रुपमा वर्णन गरिएको यस महासन्धिमा प्रस्तावना र ३० वटा धाराहरु रहेका छन् । महिला विभेद र भेदभाब अन्त्य गर्न राष्ट्रिय कार्यका लागि समेत यसले एजेन्डा तय गर्ने गर्दछ । अ

न्तर्राष्ट्रिय रुपमा नेपालले सन् १९८१ देखि निरन्तर यसको सदस्यको रुपमा काम गरिरहेको छ । पेरुकी ग्लेडिस यकोस्टा भारगास अध्यक्ष रहेको सन्धिको कमिटीमा नेपालबाट बन्दना राणा सदस्य छिन् ।