देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परीक्षामा प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी निष्कासित

देशान्तर


काठमाडौं-परीक्षा चलिरहेका बेला प्राध्यापकमाथि सांघातिक आक्रमण गरेको आरोपमा रत्नराज्य-आरआर क्याम्पसले एक विद्यार्थीलाई निष्काशन गरेको छ ।

पुस ६ गते स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेका बेला सोही तहको दोस्रो वर्षमा अध्ययनरत कुबेर जेठाराले निरीक्षक प्राध्यापक प्रकाश पुडासैनीमाथि आक्रमण गरेको हो ।
जेठाराले पानी खाने स्टिलको जगले प्राध्यापक पुडासैनीलाई सांघातिक प्रहार गरेको प्रत्यक्षदर्शीले देशान्तरलार्य बताए । क्याम्पसले एक विज्ञाप्ती निकाली विद्यार्थीलाई निष्कासन गरेको जनाएको छ । कलेजका अनुसार विद्यार्थीलाई निष्कासन गर्नुबारे प्रहरीले अनुसन्धान भइरहेको पनि जनाएको छ ।