देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिट चोर्न नदिएको भन्दै प्राध्यापक कुट्ने विद्यार्थी निष्कासित

देशान्तर

काठमाडौं – रत्नराज्यलक्ष्मी क्याम्पसले परीक्षा हलभित्र प्रवेश गरेर प्राध्यापकलाई कुटपीट गर्ने विद्यार्थीलाई निष्कासन गरेको छ ।प्राध्यापक प्रकाश पुडासैनीलाई कुटपिट गर्ने स्नातक तहको दोस्रो वर्षको विद्यार्थी कुवेर जेठारालाई निष्कासन गरेको हो ।

जेठाराले मंगलबार स्नातक तह प्रथम वर्ष ९२०७७ समूह० को पूर्णाङ्क ३० को आन्तरिक परीक्षा चलिरहेका समयमा बेला चिट चोर्न नदिएको भन्दै परीक्षा हलभित्र पसेर निरीक्षक प्राध्यापकलाई आक्रमण गरेर घाइते बनाएका थिए ।

क्याम्पस प्रशासनको बैठकले विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएको र कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको क्याम्पस प्रमुख डा। जीवनधर ज्ञवालीले जानकारी दिएका छन् ।

क्याम्पसले जेठाराको उक्त गतिविधिले क्याम्पसको शैक्षिक वातावरणमा खलल पुर्‍याएको बताएको छ ।