काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले द्वन्द्व पिडित एकल महिलाहरुलाई पनि भत्ता उपलब्ध गराउने प्रयास गरिरहेको बताएकी छिन् ।
मानवअधिकारको लागि महिला, एकल महिला समूहको ५ औं अधिवेशनलाई उद्घाटन गर्दै मन्त्री रेग्मीले द्वन्द्व पिडित एकल महिलालाई भत्ता उपलब्ध गराउन आवश्यक पहलकदमी र प्रक्रियामा लागेको बताएकी हुन् । उनले भनिन्, ‘यतिमात्रै गर्न सकियो भने पनि द्वन्द्व पिडित एकल महिलाहरुको पिडामा मलम लगाउने काम हुन्छ ।’
एकल महिलाहरुलाई बर्गिकरण गरिनु हुन्न भन्दै मन्त्री रेग्मीले सबै एकल महिलाको हकहितको लागि आफु सधै अग्रपंतिमा रहेर काम गर्न तयार रहेको बिश्वास पनि ब्यक्त गरिन् । राज्यको हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेको बताउदै उनले अधिकार प्राप्तिको लागि सबैले संघर्ष गर्नु पर्ने पनि बताइन् ।
मन्त्री रेग्मीले नियमावली र कार्यविधि बनाएर एकल महिला कोषलाई कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापा, वर्तमान अध्यक्ष कुन्दा शर्मा लगायतले पनि आफ्नो धारणा ब्यक्त गरेका छन् ।





प्रतिक्रिया