देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसएसपी यादव मृत्यु भएको स्थानमा पत्रकारलाई प्रवेशमा रोक

देशान्तर


काठमाडौं-संघिय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवको शंकास्पद मृत्युपछि पत्रकारहरुलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

शंकास्पद मृत्युमा आन्तरिक विषय खुल्न सक्ने भएकाले प्रहरीले पत्रकारहरुलाई कार्यालय प्रवेशमा रोक लगाएको हो ।

सांगठनिक समस्याका कारण एसएसपीको मृत्यु भएको हो वा पारिवारिक विषय हो भन्ने खुल्न सकेको छैन । तर, रुपन्देही प्रहरीले कार्यालयमा आएका विभिन्न प्रहरी अधिकारीहरुसगँ पत्रकारहरुलाई भौतिक सम्पर्क गर्न दिएका छैनन् ।

रुपन्देही प्रहरीले एसएसपी यादवका परिवार सदस्य, आफन्त सहित सर्वसाधारण, व्यवसायीलगायतलाई कार्यालयमा प्रवेश गराएपनि पत्रकारलाई प्रवेशमा पूणर् रुपमा रोक लगाउँदा प्रहरीले आवश्यक सूचना लुकाउन चाहेको हो की भन्ने पत्रकारहरुको बुझाइ रहेको छ ।

हाम्रो कार्यालय भएपनि हामीले पत्रकारहरुलाई प्रवेशमा रोक लगाएका होईनौँ संघिय प्रहरी इकाई कार्यालय भैरहवाका डिएसपी हेम बहादुर केसीले देशान्तरलाई बताए । कार्यालयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेल खटिएका छन् । शुक्रबार दिउँसो एसएसपी यादवको शव कार्यालयको क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।