देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युनिसेफको अनुदानमार्फत ५० लाख सिरिञ्‍ज आईपुग्यो

देशान्तर

काठमाडौ – पछिल्लो समय कोरोनाविरुद्धको खोप पर्याप्त भए पनि सिरिञ्‍ज अभाव भइरहेको अवस्थामा युनिसेफले अनुदानमार्फत ५० लाख सिरिञ्‍ज उपलब्ध गराएको छ।

खोपको भण्डारण ठूलो मात्रामा भएको तर, सिरिञ्‍ज कम भएपछि पछिल्लो समय कोरोनाविरुद्धको खोप अभियान सुस्त भएको थियो।

खोपको म्याद सकिनै लागे पनि सिरिञ्‍ज अभावले समस्या भएको थियो। ० .५ एमएलको ५० लाख सिरिञ्‍ज उपलब्ध भएसँगै केही समय सहज रूपमा खोप अभियान सञ्चा‍लन हुनेछ।

शुक्रबार युनिसेफको अनुदानमार्फत ५० लाख सिरिन्ज प्राप्त भएको र आज र भोलीबाटै नै सम्बन्धित क्षेत्रमा पठाइने

व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाले बताए। ‘युनिसेफले दिएको सिरिन्ज हामीले आज र भोलिमै प्रदेश पठाउने तयारी गरेका छौँ’ उनले भने।

उनका अनुसार हाल युनिसेफले दिएको सिरिन्ज कोरोनाविरुद्धको फाइजर खोपबाहेक हाल नेपालमा लगाइँदै आएका अन्य कोरोना खोप लगाउन मिल्नेछ।