देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राहतका लागि कोरोनाबाट प्रभावित ४८९ जनाको विवरण सङ्कलन

देशान्तर

काठमाण्डौ – ललितपुर महानगरपालिकामा कोरोनाबाट प्रभावित चार सय ८९ जनाको विवरण सङ्कलन भएको छ ।

अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका दुई सय ५६, सङ्क्रमित भइ आईसीयूमा उपचार गराएका ५९ जना र सामान्य उपचार गराएका एक सय ७४ जनाको विवरण प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका २९ वटै वडाबाट प्राप्त भएका आवेदनका आधारमा यी परिवारलाई रकम उपलब्ध गराउन लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

उनका अनुसार कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको परिवारलाई एक लाख २० हजार, आईसीयूमा उपचार गराएकालाई ६० हजार र सामान्य उपचार गराएकालाई ३० हजार रुपैँया राहत रकम उपलब्ध गराइने भएको छ। सहयोग रकमको चेक बुझ्न महानगरपालिकामा सम्पर्क गर्न महानगरको सबैलाई आग्रह छ ।

महानगरपालिकामा आवेदन आउने क्रम रहेकाले सङ्ख्या अझै बढ्न सक्ने अधिकृत अर्यालले बताए । यसअघि महानगरपालिकाको १०३ औँ स्थापना दिवसका दिन प्रतिवडा एकरएक जना गरेर २९ जनालाई रकम वितरण गरिसकिएको अधिकृत अर्यालले जानकारी दिएका छन् ।