देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१ सय ६७ संक्रमित थपिए, २२६ जना संक्रमणमुक्त

देशान्तर

काठमाडौं– देशभर थप १६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो।

यही अवधिमा थप २२६ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १० हजार ४९७ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ। हाल देशभर ४ हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन्।

कोभिड–१९ को संक्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन्। हालसम्म देशभर ११ हजार ५८३ जनाले ज्यान गुमाइसकेका छन्।