देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शिक्षा मन्त्रालयद्धारा कक्षा १ देखि १२ सम्म लेटर ग्रेडिङ निर्देशिका–२०७८ जारी

देशान्तर

काठमाडौँ  – शिक्षा मन्त्रालयले कक्षा १ देखि १२ सम्म एउटै मूल्यांकन विधि लागू हुने गरी लेटर ग्रेडिङ निर्देशिका–२०७८ जारी गरेको छ । निर्देशिका अनुसार सबै विषयमा अब न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गर्ने विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न पाउनेछन् ।

निर्देशिका उल्लेख भएअनुसार माथिल्लो कक्षामा पढ्नका लागि विद्यार्थीले कुनै पनि विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ ।

सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक प्राप्त गर्न नसकेका विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि ग्रेड वृद्धि परीक्षा दिनुपर्ने हुन्छ । यस्ता विद्यार्थीलाई तीन पटकसम्म ग्रेडवृद्धिको परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

लेटर ग्रेडिङ प्रणालीअनुसार ९० र त्यसभन्दा माथिको प्रतिशत ल्याउने विद्यार्थीको नतिजालाई सर्वोत्तम (ए प्लस) मानिनेछ । ८० र त्यसभन्दा माथि ९० भन्दा कम प्रतिशत अंक ल्याए ग्रेडसिटमा अत्युत्तम(ए) उल्लेख गरिनेछ ।

यस्तै ७० माथि ८० भन्दा कमलाई उत्कृष्ट (बी प्लस), ६० माथि ७० भन्दा कमलाई उत्तम (बी), ५० माथि ६० भन्दा कम सन्तोषजनक ९सी प्लस०, ४० र त्यसभन्दा माथि ५० भन्दा कमलाई ग्राह्य ९सी० र ३५ माथि ४० भन्दा कमलाई आधारभूत (डी)को मान्यता दिइनेछ ।

३५ प्रतिशत अंक नल्याउने विद्यार्थीलाई एनसी अर्थात नन ग्रेडेड भनि मुल्यांकन गरिनेछ ।