देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीको गाडीमा आगजनी

देशान्तर


काठमाडौं-सर्लाही ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले प्रहरीको जिपमा आगजनी गरेको छन् ।

सोमबार दिउँसो आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा१झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन् ।

सर्लाहीको ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर-५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । उक्त विषयलाई लिएर आज प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो ।

बैलबास बजारमा व्यपार गर्दै आएका महतोको मृत्युपछि उद्योग वाणिज्य सङ्घ ईश्वरपुरले आज दिनभर बजार बन्द गराएको थियो । महतोले बैलबास बजारमा फैन्सी पसल सञ्चालन गर्दै आएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थानीयले इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुङ्गामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते महतोको उपचारका क्रममा मलङ्गवा अस्पतालमा मृत्यु भएको हो ।