देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साउथ एसियन महिला भलिबल अर्को वर्ष नेपालमा हुने

देशान्तर

काठमाडौं – साउथ एसियन महिला भलिबल च्याम्पियनसिप अर्को वर्ष नेपालमा आयोजना हुने भएको छ।

बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्यालेन्ज कपको अवसरमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन(सिएभिए) को सोमबार ढाकामा बसेको साधारण सभाले अर्को वर्ष महिला भलिबल नेपालमा आयोजना गर्ने निर्णय गरेको हो।

नेपाल भलिबल संघले प्रतियोगिता नेपालमा आयोजना हुने निर्णय भएको जनाएको छ। यसअघि सन् २०१४ मा नेपाल भलिबल संघको आयोजनामा प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल च्याम्पियनसिप नेपालमा भएको थियो।

दक्षिण एसियाका राष्ट्रहरूले पालैपालो गर्ने गर्ने प्रतियोगिता सुरु भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। त्यतिबेला नेपाल फाइनलमा भारतसँग पराजित हुँदै दोस्रो भएको थियो।

पुरुषतर्फको साउथ एसियन भलिबल च्याम्पियनसिप श्रीलंकामा आयोजना हुनेछ। यस्तै साउथ एसियन बिच भलिबल बंगलादेशमा हुने भएको छ।