देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्दै

देशान्तर

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो ।

विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ ।

इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् । परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगका एक अधिकारीले बताए ।

आयोगले यसअघि माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक र निमावि तहको लागि दुई हजार ५९८ पदका लागि विज्ञापन गरिसकेको छ ।

आयोगले आगामी चैतमा सबै तहको लाइसेन्स परीक्षाका लागि विज्ञापन गर्ने गृहकार्य गरिरहेको जानकारी दिएको छ ।