काठमाडौं-हिमालय टाइम्स दैनिक पत्रिका वितरणका क्रममा मंगलबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सदस्य सचिव जीवनारायण काफ्लेले गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ प्रतिष्ठन शाखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखा तथा प्रेस युनियन हिमालयन टाइम्स प्रतिष्ठानका अध्यक्ष चूडामणि कोइरालाद्धारा प्रेसित विज्ञप्तिमा हिमालय टाइम्सकर्मीमाथि गरेको दुव्र्यवहारप्रति मिडिया गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मंगलबार पत्रिका बितरणका क्रममा कार्यालय हाताभित्र हिटाकर्मी न्हुछेराम खुसुमाथि काफ्लेले दुव्र्यवहार गरेका छन् । पत्रिका वितरणका लागि सिटिइभिटी पुगेका खुसुमाथि पत्रिकामा प्रकाशित समाचारलाई लिएर काफ्लेले उनलाई केहीबेर कार्यालयमै थुनेको पाइएको छ ।
काफ्लेका विभिन्न शंकास्पद गतिविधि विरुद्ध विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएका छन् । समाचारप्रति चित नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने व्यवस्था रहेको छ । तर काफ्ले भौतिक आक्रमणमा उत्रिनु खेदजनक छ ।
त्यस्तै विज्ञप्तिमा काफ्लेको यो क्रियाकलापप्रति सम्बन्धित निकायको ध्यान जाओस् र गालिगलोज तथा बन्धक बनाउने जस्ता उनका कार्यका लागि काफ्लेलाई कारवाहीको दायारामा ल्याउन महासंघले जोडदार माग गरेको छ ।





प्रतिक्रिया