देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युवती बलात्कार गरेको आरोपमा नयाँ बसपार्कबाट ८ युवक पक्राउ

देशान्तर

काठमाडौं – काठमाडौं नयाँ बसपार्कमा एक युवती सामूहिक बलात्कारको सिकार बनेकी छन् । उनले प्रहरी समक्ष समूहिक बलात्कार भएको भन्दै उजुरी दिएपछि ८ जना पक्राउ परेका छन् ।

काम खोज्दै काठमाडौं आएकी ती युवतीलाई होटलमा लगेर पालैपालो बलात्कार गरेको प्रहरीसामू उनले बताएकी छन् । त्यसपछि घटनाका बारेमा अनुसन्धान गर्नेक्रममा ८ जना पक्राउ परेको प्रहरीेले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र नाम नखुलेका एकजना रहेका छन् । उनीहरु गएराति नै पक्राउ परेको प्रहरीले बताएको छ ।

उनीहरुलाई सीसीटिभीका फुटेजका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । पीडित युवती सुर्खेतबाट काम खोज्दै काठमाडौं बताइएको छ । उनी विवाहित भएपनि हाल श्रीमान सम्पर्कमा नरहेको खुलेको बताइएको छ ।

उनीहरुले सोमबार देखिनै मंगलबार बिहानसम्म लजमा बलात्कार गरेको बुझिएको छ ।