काठमाडौँ – गएरातिदेखि परेको वर्षाका कारण भिजिबिलिटी कम हुँदा नेपालको आन्तरिक हवाई सेवा प्रभावित भएको छ।
निरन्तरको वर्षा र हिउँका कारण उच्च पहाडी क्षेत्रका विमानस्थल बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् । नेपालगन्ज, र पोखरा एयरपोर्टमा भिजिबिलिटी कम भएकाले केही ढिलो गरि खुलेको छ।
लुक्ला, तुम्लिङटार, सुकेटार, सिमिकोट विमानस्थल हिउँले भरिएको छ। अन्तर्राष्ट्रियतर्फ कुनै पनि उडान प्रभावित नभएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन नसकेपछि हवाई सेवा प्रदायकहरुले उडान रद्द गरेका छन्। यती एयरलाइन्सले काठमाडौं–पोखरा ६ उडान रहेकोमा हालसम्म ३ वटा उडान रद्द गरिसकेको छ। यस्तै बुद्ध एयरले पनि ३ वटा उडान रद्द गरेको छ।





प्रतिक्रिया