देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तमु ल्होसारको अबसरमा देशैभर सार्वजनिक बिदा

देशान्तर

काठमाडौँ – सरकारले भोलि सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले भर्खरै सार्वजनिक गरेको सूचनामा उक्त व्यहोरा उल्लेख छ ।

मन्त्रिपरिषद्ले भोलि पुस १५ गते बिहीबारका दिन तमु ल्होसार परेको हुनाले सो अवसरमा देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक नियोगहरुम समेत सार्वजनिक बिदा दिने हिजो निर्णय गरेको मन्त्रालयको सूचनामा उल्लेख छ ।

भोलिको लागि उता गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा बिदा दिने निर्णय गरिसकेको छ । यसअघि नेपाल सरकारले यो वर्षको सार्वजनिक बिदासूची सार्वजनिक गरेको बखत सम्बन्धित धर्मावलम्वीहरुलाई बिदा दिने निर्णय गरेको थियो ।