देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोटरसाइकल दुर्घटनामा परी तीनजनाको मृत्यु

देशान्तर

सर्लाही – ईश्वरपुर नगरपालिका-३ बयलबासमा मोटरसाइकल दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ। सागरनाथबाट बयलबास जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किँएको थियो।

दुर्घटनामा ईश्वरपुर-१० का २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम विक र २२ वर्षीय रोहन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याए पनि डाक्टरले मृत घोषण गरेका थिए।

मृतक तीनै जना एउटै मोटरसाइकलमा रहेको बताएको छ। मृतक तीनैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ।