देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मला हत्याकाण्डमा भारतीय नागरिकमाथि अनुसन्धान

देशान्तर

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरि अनुसन्धान थालेको छ ।

घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको उल्टाखाम क्षेत्रमै बसोबास गरेको पाइएपछि प्रहरीले ती मध्येका एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको हो । यद्यपि, बलात्कार तथा हत्या घटनामा उनी संलग्न रहे÷नरहेको पुष्टि भएको छैन ।

नियमित अनुसन्धानको प्रक्रिया अन्तर्गत उनी निगरानीमा रहेको प्रहरी स्रोतले जनाएको छ । २०७५ साउन १० गते बेपत्ता भएकी बालिका पन्त भोलिपल्ट घर नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।