देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्याक्टर दुर्घटनामा २ को मृत्यु ४ घाइते

देशान्तर

काठमाडौ – कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ रनगाईमा ट्याक्टर पल्टिदा २ जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मङ्गलवार बिहान ७ बजे दुर्घटना भएको थियो । बालुवा लोड गर्न लेबर लिएर हिँडेको खाली ट्याक्टर सडक देखी अन्दाजी ५ मिटर तल खसेको थियो । घटनामा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र वर्ष १६ की वालिका फुल कुमारी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

बालुवा लिनको लागि बुद्धभूमि ४ बुड्ढी जाने क्रममा बिहान ७ बजे दुर्घटना भएको थियो । यसै गरी घटनामा परी बलराम सुनार, कृष्ण बिक, सरिता थारु र सीमा थारु घाइते भएका छन् । ती मध्ये बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।