देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ – नेपालमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ । यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आइतबार २१६ जनामा र सोमबार ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ३३९ वटा नमुना परीक्षण गर्दा ३९३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सात हजार ७९४ जनामा गरिएको पीसीआर परीक्षणमा ३५५जनामा र एक हजार ५३५ जनामा एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ रहेको छ । पछिल्लो २४ घण्टामा २६३ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।