देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उच्चस्तरीय संयन्त्रको बैठक जारी

देशान्तर

काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक बसिरहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ । त्यसै सन्दर्भमा पौडेलले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।