देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मल्लकालीन शिलालेख तोडफोडको आरोपमा एक जना पक्राउ

देशान्तर

काठमाडौं – हनुमान ढोका दरबार क्षेत्रमा रहेको मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ काठमाडौंबाट एक महिलालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी दिलबहादुर मल्लले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने मल्लले बताए ।

पुस १५ गते राति हनुमान ढोकाको गणेश मन्दिर अगाडि रहेको शिलालेख तोडफोड भएको थियो । प्रहरीले त्यहाँ रहेको सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरेर ती महिलालाई पक्राउ गरेको जनसेवाले जनाएको छ ।

प्रहरीका अनुसार उनको बिहीबार राति नै बयान लिइएको र उनले शिलालेख तोडफोड स्वीकार गरेकी छन् । उक्त शिलालेखको टुक्रा जोडेर संरक्षण गर्ने तयारी भइरहेको हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।