जनकपुरधाम – मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले भनेकी थिइन्, ‘रेल सञ्चालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल सञ्चालन हुन्छ, तपाईंसँग मेरो प्रतिबद्धता हो।’
तर, मन्त्री यादवले प्रतिबद्धता जनाएको एक महिना पूरा हुँदा पनि रेल सञ्चालनको टुंगो छैन। हुन त रेल सञ्चालनको प्रतिबद्धता जनाउने मन्त्रीको संख्या नै तीन नाघिसकेको छ।
यसअघिका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पनि यस्तो प्रतिबद्धता पटकपटक गरेका थिए। त्यसकारण मन्त्री यादवले रेल चलाउने प्रतिबद्धता गरिरहेका सर्वसाधारण जनतामा खासै उत्साह थिएन।
मंगलबार भारतीय रेलवे कम्पनी कर्पोरेसन ९कोंकण० को टोलीले कुर्था(जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गर्दा पनि सर्वसाधारणमा उत्साह थिएन।
कोंकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयार पारिएको भौतिक पूर्वाधार र रेल सञ्चालनका लागि नेपालको तर्फबाट भइरहेको तयारीको विषयमा जानकारी लिएको थियो।





प्रतिक्रिया