देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गम्छाले घाँटी बेरिएको अवस्थामा बालकको शव फेला

देशान्तर

वीरगञ्ज– पर्साको जगरनाथपुर गाउँपालिका-६ सन्ठीमा एक जना बालकको शव भेटिएको छ । स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेल मृत भेटिएका हुन् ।

गाउँको पूर्वपट्टी उखुबारीमा घाँस काट्न गएकी महिलाले बालकको शव देखेपछि गाउँमा खबर गरेकी थिइन् । गाउँलेले प्रहरीलाई सूचना दिएका थिए ।

बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

बालक चारदिनदेखि हराएका थिए । कतै गयो होला आइहाल्छ भनेर अभिभावकले प्रहरीमा खोज तलासका लागि निवेदनसमेत दिएका थिएनन् ।

बालकको घाँटीमा गम्छा कसिएकोले घटनालाई शंकास्पद मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेको आशंकामा चार जनालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।