धनुषा – छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लाहरुमा पनि देखिन थालेको छ।
गत मंसिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस संक्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको छ।
यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९ को गरिएको स्वाब परीक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ।
गत बिहीबार ६८ को स्वाब परीक्षण गर्दा नौ र शुक्रबार ३१ को स्वाब परीक्षण गर्दा सातजनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पछिल्लो पटक दुई दिनमा धनुषामा पाँच, सिरहा र महोत्तरीमा चाररचार, सप्तरी, सर्लाही र पर्सामा एकरएक गरी १६ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशभरि सक्रिय संक्रमितको संख्या ७७ पुगेको छ। संक्रमितहरु सबै होम आइसोलेसन रहेका छन्।
अब पनि हेलचेक्र्याइँ गरिए स्थिति बिग्रिन सक्ने उनको भनाइ छ। कोरोना संक्रमणको ग्राफ बढ्दै गए पनि प्रदेश २ मा कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या भने निराशाजनक देखिएको छ।





प्रतिक्रिया