रुपन्देही – बाघको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको फत्तेपुरकी ३० वर्षीया चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो । दुई दिनअघि सो गाँउपालिका बैजापुरकी लिला बिष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
बिहिबार बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी लिला विष्टको बाघले आक्रमण गरेर मृत्यु भएको थियो । आज शनिबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको हब्रहवा घर भएकी ३० वर्षीया थारुको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
फत्तेपुर जंगलमा दाउरा लिन गएको बेला चाँदनीलाई एक्कासी बाघले झम्टेर लगेको थियो । बाघ आक्रमणमा परेकी चाँदनीको खबर पाएलगत्तै फत्तेपुर प्रहरी चौकीका प्रहरीसहित स्थानीय खोजतलासमा जुटेको केहीबेरमा नै चाँदनीको शव भेटिएको फत्तेपुर प्रहरीले जनाएको छ ।
कार्तिक २५ गते गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडानम्बर– ४ पण्डितपुरुवाका लखन गडरियाको पनि बाघ आक्रमणबाट मृत्यु भएको थियो ।





प्रतिक्रिया