
काठमाडौं-सरकारले सेनेटरी प्याडमा कर लगाएपछि अभियन्ताहरुले करको विरोधमा विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् । शनिवार ललितपुरको जावलाखेलमा ‘रातो कर’को विरोधमा अभियन्ताहरुले साङ्केतिक प्रर्दशन गरे । उनीहरुले महिलालाई आवश्यक पर्ने प्याडमा सरकारले कर लगाएको हुनाले त्यसको बिरोधमा रजस्वला (राता)को संकेत स्वरुप बिभिन्न विरोधका कार्यक्रम गरिरहेका छन् । केही वर्षयता संघियता टिकाउने वहानामा सरकारले विभिन्न ठाउँमा अनावश्यक कर लिइरहेको छ । जसले संघियता कमजोर हुँदै गइरहेको संघिय विज्ञहरुले बताएका छन् ।





प्रतिक्रिया